HISTORY OF BOSTON TAMANG SOCIETY

HISTORY OF BOSTON TAMANG SOCIETY
The Himalayan country Nepal has more than 36 different ethnic groups all over the country. Tamang is one of the typical Nepalese ethnic groups from the Mongolian family that migrated from Mongolia in the ancient period of time.

Damfu Saanjh 2009

Cultural Program with Milan Lama

Damfu Saanjh 2009


To inlarge click on Image

बोष्टनको द्यौसी भैलो


बोष्टन, October 30, 2008- राधजानी शहर काठमाण्डौलाई तिहारको रन्कोले छोए जस्तै अमेरिकाको बोष्टनलाई पनि तिहारको रन्कोले छोएको छ । तिहारको तेस्रो दिन अधिकांश बोष्टनबासीहरुले आ-आफ्नै घरमा परम्परानुसार लक्ष्मी पुजा मनाए । हिन्दु धर्ममा लक्ष्मीलाई धनधान्यको देवीको रुपमा पुज्ने चलन छ । लक्ष्मीले बास गरे धनले भरिपूर्ण भइन्छ भन्ने किंवदन्ती नेपाली समाजमा पाइन्छ ।ग्रेटर बोष्टन नेपाली कम्युनिटीको आयोजनामा सदाझैं द्यौसी भैलो खेल्ने क्रममा यो वर्ष पनि सोही संस्थाको आवहानमा लक्ष्मी पूजाको दिन बेलमण्टस्थित जिबिएनसीका उपाध्यक्ष उत्सव गुरुङको घरमा द्यौसी भैलो खेलियो । 'मायालु काँको म परें गोरखाको बोष्टनमा भेट भा'को' भन्ने भाकामा चर्चित लोक गायक मिन केसीलाई अन्य कलाकार तथा साथीहरुले साथ दिएका थिए भने बाँकी उपस्थित महानुभावहरुले पालैपालो नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यतिखेर यस पंक्तिकारलाई आफू बोष्टनमा नभएर नेपालकै गाउंघरमा उपस्थित भएजस्तो लागेथ्यो । आफ्नै देश नेपालकै परम्परागत बाजाहरु मादल खैंचेडी, सारङगी र हार्मोनियमको तालमा लोक गीत र नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । उक्त द्यौसी भैलो कार्यक्रम बेलुकी ८ देखि ११ बजेसम्म चलेको थियो । तिहार नेपालीहरुको महान चाडहरुमध्ये एक हो र तिहारमा द्यौसी भैलो खेल्ने दान माग्ने र दिने चलन सदियौंदेखि चलि आएको चलन हो । यो नेपालीहरुको परम्परा र संस्कृति हो । विदेशमा बस्दा पनि आफ्नो परम्परा र संस्कृतिलाई बिर्सन नसक्नु आफ्नो देश र परम्पराप्रतिको अगाध माया र ममता हो भन्ने कुरामा कसैको दुईमत नहोला । संसारको जुनसुकै कुनामा बसेपनि आफ्नो देश र संस्कृतिबाट अलग रहन सिकंदैन भन्ने उदाहरण द्यौसी भैलो कार्यक्रमले देखाएको छ । यसले गर्दा विदेशमा पनि हाम्रा भावी सन्ततीहरुलाई आफ्नो संस्कृति र परम्पराबारे अवगत भइराख्छ भन्ने बिश्वास हामीलाई लागेको छ ।अन्त्यमा उपाध्यक्ष उत्सवकी धर्मपत्नी पुष्पाले द्यौसी भैलो टोलीलाई परम्परानुसार नाङ्‍लामा पैसा, फलफुल र धुपबत्ति बालेर बिदाई गरेकी थिईन्‌ भने कलाकार मिन केसीले आशिक िदंदै संस्थाका महासचिव ध्रुब घिमिरेले कार्यक्रमको समापन गर्दै अर्को दिन समरभिलमा खेल्ने द्यौसी भैलो कार्यक्रमको जानकारी गराउनु भएको थियो । समरभिलमा खेलिएको द्यौसी भैलोलाई यहांको स्थानिय टेलिभिजनले पनि प्रसारण गरेको थियो ।

डम्फु साँझ 2008




बोष्टन, May 26, 2008-२५५२ औं बुद्ध जयन्तीको उपलक्ष्यमा बोष्टन तामाङ समाजको आयोजनामा अमेरिकाको म्यासाचुसेट्स स्टेट स्थित ३० एसेम्वली स्क्वायर ड्राईभ समरभिल सिटीको गुड टाइम हलमा डम्फु साँझ कार्यक्रम सम्पन्न भयो ।बोष्टन तामाङ समाजले विगत दुई बर्षदेखि बोष्टनमा तामाङ संस्कृतिलाई सम्बर्धन गर्ने उदेश्यले उक्त कार्यक्रम गर्दै आएको छ । विदेशमा बसेर पनि यस्ता कार्यक्रम आयोजना गर्नु विदेशमा रहनुभएका नेपाली दाजुभाइहरुलाई एकत्रित गरी नेपाली संस्कृतिको जर्गेना गर्दै दर्शकहरुलाई मनोराजन प्रदान गर्नु उक्त कार्यक्रमको उद्धेश्य रहॆको कुरा बोष्टन तामाङ समाजका अध्यक्ष प्रेम तामाङले बताउनु भयो ।'नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले शान्तिको लागि निःस्वार्थ भावना, त्याग र बलिदान गर्नुपर्ने सन्देश प्रवाह गर्नुभएको थियो र आज पनि विश्वले उक्त सन्देशको कदर गर्दैआएको छ ।' अध्यक्ष तामाङले स्वागत मन्तव्य दिने क्रममा बताउनुभयो विभिन्न मनोराजनात्मक सांस्कृतिक कार्यक्रमहरुको साथमा चर्चित पप गायक राजु लामाको प्रस्तुतिले दर्शकहरुमा उत्साह छाएको थियो भने न्युयोर्कबाट आउनुभएका धरमवीर लामाको जादुले दर्शकहरुलाई अचम्मित बनाएको थियो । कार्यक्रममा राई समाज बोष्टनको सहयोगमा राई संस्कृति झल्काउने नृत्य सोइ सोइ ढोले र शेर्पा समाज बोष्टनको तर्फबाट शेर्पा नृत्य प्रस्तुत गरिएको थियो त्यस्तै कनेक्टीकटका जोनी योन्‍जनले तामाङ सेलो गाउनु भएको थियो भने अमेरिका तामाङ सोसाइटी न्युयोर्कको तर्फबाट तामाङ सेलो नृत्य, लोक नृत्य र गीत प्रस्तुत गरिएको थियो । बोष्टन स्थित कलाकारहरुले भने लोक तथा मिश्रित नृत्यहरु र गीत प्रस्तुत गरेका थिए। । उक्त कार्यक्रमको संचालन उत्तम बाबु श्रेष्ठ र सुश्री पूजा लामाले संयुक्त रुपमा गर्नुभएको थियो ।कार्यक्रमको अन्त्यतिर बोष्टनस्थित नर्थस्र्टन युर्निभरसिटीबाट हालसालै मास्र्टस डिग्री इन जोग्राफिकल इन्फरमेसन सिस्टम मेजरमा सर्वेात्कृष्ट अंक ल्याई उक्त युर्निभरसिटीबाट एकेडेमिक एक्सीलेन्सी एवार्ड २००८ प्राप्त गर्नु भएका कार्यक्रम संचालक उत्तम बाबु श्रेष्ठलाई अध्यक्ष प्रेम तामाङले बोष्टन तामाङ समाज र ग्रेटर बोष्टन नेपाली कम्युनिटीको तर्फबाट खाता लगाई उहाँको सफलताको कदर तथा प्रशंसा गर्नुभएको थियो ।कार्यक्रममा अतिथिको रुपमा तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष इन्द्रबहादुर तामाङ, नेपाल अमेरिका जनजाती मंचका अध्यक्ष नेत्र दराई, समरभिल महिला आयोगकी डाइरेक्टर श्रीमती सोन्जा दराई, समरभिल सिटि केयर प्रीभेन्सनका डाइरेक्टर टयामी रोचा, ग्रेटर बोष्टन नेपाली कम्युनिटीका उपाध्यक्ष जाङबु शेर्पा, संयुक्त राष्ट्रसंघका लागि नेपाली सेनाका सैनिक प्रतिनिधी महासेनानी देबेन्द्र मेधासी, तमु समाज बोष्टनका अध्यक्ष सुन्दर गुरुङ, तामाङ सोसाइटी अफ अमेरिकाका लागि कनेक्टीकटका प्रतिनिधि जोनी योन्‍जन, शेर्पा समाज बोष्टनका अध्यक्ष काजी शेर्पा, युनाईटेड किरात राई एशोसियशनका अध्यक्ष शिवकुमार राई, युनाईटेड किरात राई एशोसियशन न्यू ईङ्गल्याण्ड च्याप्टरकी अध्यक्ष श्यामाकुमारी राई र सान्फ्रान्सिस्को, क्यालिफोर्नियाबाट शेरबहादुर लामा उपस्थित हुनुहुन्थ्यो ।करीब ४०० नेपालीहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।-बिजय तामाङ